Ruth 1:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नाओमीले रूथलाई भनिन्, “हेर, तिम्री दिदी आफ्ना कुल-कुटुम्ब र देवी-देवताकहाँ फर्केर गई, तिमी पनि त्यसै गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब नाओमीले भनिन्, “हेर त, तिम्री बहिनी त आफ्ना मानिसहरू र आफ्ना देवताहरूकहाँ फर्केर गई। तिमी ऊसितै फर्केर जाऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हेर,” नाओमीले भनिन्, “तिम्री बहिनी आफ्ना मानिसहरू र देवताहरूकहाँ फर्केर गई। तिमी पनि ऊसँगै फर्क।”
Nepali ERV (पवित्र बाइबल)
नाओमीले भनिन्, “हेर तिम्री जेठानी आफ्ना मानिसहरू अनि आफ्ना परमेश्वर कहाँ फर्केर गइन्। यसर्थ तिमीले पनि त्यसै गर्नुपर्छ।”