Ruth 1:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं जहाँ मर्नुहुनेछ, म त्‍यहीँ मर्नेछु र त्‍यहीँ नै गाडिनेछु। मृत्‍युबाहेक अरू कुनै कुराले मलाई तपाईंबाट अलग पार्नेछैन, त्‍यसो भयो भने परमेश्‍वरको महासराप ममाथि परोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं जहाँ मर्नुहुन्‍छ म पनि त्‍यहीँ मर्नेछु, र त्‍यहीँ नै गाड़िनेछु। मृत्‍युबाहेक अरू कुनै कुराले तपाईं र मलाई अलग गरेमा परमप्रभुले मसँग पनि अति कड़ा व्‍यवहार गरून्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं जहाँ मर्नुहुन्छ, म पनि त्यहीँ मर्नेछु र म त्यहीँ गाडिनेछु। मृत्युले बाहेक अरू कुनै कुराले तपाईंबाट मलाई अलग गरेमा याहवेहले मसित अति कठोर व्यवहार गरून्।”
Nepali ERV (पवित्र बाइबल)
तपाईंको जहाँ मृत्यु हुन्छ म त्यहीं मर्नेछु। अनि म त्यहीं गाडिनेछु। यदि मैले यो प्रतिज्ञा पालन गरिन भने म परमप्रभुसित दण्डको याचना गर्छु केवल मृत्युले मात्र हामीलाई छुट्याउने छ।”