Ruth 1:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दुई हिँडे र बेथलेहेम आइपुगे। तिनीहरू आइपुग्‍दा सारा सहरमा हलचल मच्‍चियो अनि त्‍यहाँका स्‍त्रीहरूले सोध्‍न लागे, “के साँच्‍चै यो नाओमी हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि ती दुवै जना हिँड़े, र बेथलेहेममा आइपुगे। जब तिनीहरू बेथलेहेममा आइपुगे तब जम्‍मै सहरमा हलचल मच्‍चियो। आइमाईहरूले भन्‍न लागे, “के यिनी नाओमी नै हुन्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरू बेथलेहेम नपुगुन्जेल यात्रा गरिरहे। जब तिनीहरू बेथलेहेममा आइपुगे, तब सारा सहरमा हलचल मच्‍चियो, तब त्यहाँका स्त्रीहरूले आश्‍चर्य मानेर भन्‍न लागे, “के यिनी नाओमी होइन र?”
Nepali ERV (पवित्र बाइबल)
नाओमी र रूथ बेतलेहेम शहर आई नपुगेसम्म यात्रा गरे। जब ती दुई स्त्रीहरूले बेतलेहेममा प्रवेश गरे सबै मानिसहरू अत्यन्त उत्साहित भए। तिनीहरूले भने, “के यो नाओमी हो?”