Ruth 1:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म यहाँबाट गएको बेलामा मसँग सबै थोक थियो; तर अहिले मलाई परमप्रभुले रित्तो फर्काई ल्याउनुभएको छ। जब सर्वशक्तिमान् परमेश्वरले मलाई दण्ड दिनुभएको छ र ममाथि विपत्ति ल्याउनुभएको छ भने मलाई किन नाओमी भन्दछौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म भरिपूर्ण भएर गएको थिएँ, तर परमप्रभुले मलाई रित्तो फर्काएर ल्याउनुभएको छ। मलाई किन नाओमी भन्छौ? परमप्रभु मेरो विरुद्धमा उठ्नुभएको छ। सर्वशक्तिमान्ले ममाथि विपत्ति ल्याउनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म भरिपूर्ण भएर गएकी थिएँ, तर याहवेहले मलाई रित्तो फर्काएर ल्याउनुभएको छ। मलाई किन नाओमी भन्छौ? याहवेहले मलाई दण्ड दिनुभएको छ। सर्वशक्तिमान्ले ममाथि कष्ट ल्याउनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
जब म गएँ त्यसबेला मैले चाहेका हरेक कुरा मसित थियो। तर अहिले, परमप्रभले मलाई रित्तो ल्याउनु भएको छ। परमप्रभु मेरो विरोधमा हुनुहुन्छ। यसर्थ तिमीहरूले मलाई किन ‘सुखी’ भन्छौं? सर्वशक्तिमान परमेश्वरले मलाई दण्ड दिनु भएको छ।”