Ruth 1:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाटोमा तिनले बुहारीहरूलाई भनिन्, “तिमीहरू माइतीघर फर्क र आफ्‍ना आमाहरूसँग बस। जसरी तिमीहरूले म र मेरा छोराहरूसँग असल व्‍यवहार गरेका थियौ, त्‍यसरी नै परमेश्‍वरले तिमीहरूको भलो गरून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब नाओमीले आफ्‍ना दुई बुहारीहरूलाई भनिन्, “तिमीहरू दुवै आ-आफ्‍नो माइती घर फर्क। जसरी तिमीहरूले ती मरिसकेकाहरू र मप्रति दयापूर्ण व्‍यवहार गरेका थियौ, त्‍यसरी नै परमप्रभुले पनि तिमीहरूप्रति दयापूर्ण व्‍यवहार गरून्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि बाटोमा नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्, “तिमीहरू आ-आफ्नी आमाका घरमा फर्केर जाओ। जसरी तिमीहरूले आफ्ना मृत पतिहरू र मलाई दया देखायौ, त्यसरी नै याहवेहले पनि तिमीहरूसित दया देखाऊन्।
Nepali ERV (पवित्र बाइबल)
तब नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्, “तिमीहरू दुबै आफ्नी आमाको घर फर्केर जानसक्छौ। तिमीहरूले म अनि मेरा मृत छोराहरू प्रति दया गर्यौ। यसर्थ परमप्रभु तिमीहरू प्रति त्यस्तै दयावान रहून् भनी म प्रार्थना गर्छु।