Ruth 1:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले फेरि तिमीहरूलाई लोग्ने र घरबार देऊन्।” तब तिनले ती दुईलाई बिदा गर्दै म्वाइँ खाइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले तिमीहरू दुवैलाई तिमीहरूका आ-आफ्ना भविष्यका पतिका घरमा सुरक्षित राखून्।” तब तिनले उनीहरूलाई चुम्बन गरिन्, र तिनीहरू डाँको छोड़ी-छोड़ीकन रोए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिमीहरूलाई तिमीहरूका भविष्यमा हुने आ-आफ्ना पतिहरूका घरमा सुरक्षा देऊन्।” अनि तिनले उनीहरूलाई म्वाइँ खाइन्, र तिनीहरू डाँको छोडेर रोए।
Nepali ERV (पवित्र बाइबल)
म प्रार्थनागर्छु कि उहाँले तिमीहरूलाई एक-एक पति अनि राम्रो घर प्राप्त गर्नमा सहायता गर्नुहुनेछ।” नाओमीले आफ्ना बुहारीहरूलाई म्वाई खाईन अनि ती सबै रून थाले।