Ruth 2:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बोअजले उत्तर दिए, “आफ्ना लोग्ने मरेपछि आफ्नी सासूको निम्ति तिमीले के-कति गर्यौ, सो मैले सुनेको छु। तिमीले आफ्ना आमा-बुबा र स्वदेश छोडेर आफूले कहिल्यै नचिनेका मानिसहरूका बीचमा आएर बसेकी म जान्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बोअजले भने, “आफ्नो पतिको मृत्युपछि तिमीले आफ्नी सासूप्रति गरेका सबै काम मलाई मानिसहरूले भनेका छन्। तिमी आफ्ना आमा-बुबा र आफ्नो जन्मभूमि छोड़ेर अपरिचित जातिकहाँ आयौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बोअजले जवाफ दिए, “तिम्रा पतिको मृत्यु भएपछि तिमीले आफ्नी सासूका निम्ति जे गरेकी छौ, सो सबै कुरा मलाई बताइएको छ। कसरी तिमीले आफ्ना आमाबुबा र आफ्नो जन्मभूमि छोडेर आफूले पहिले कहिल्यै नचिनेका मानिसहरूसँग बस्नलाई आएकी छौ।
Nepali ERV (पवित्र बाइबल)
बोअजले तिनलाई उत्तर दिए, “तिमीले नाओमी, तिम्री आमालाई सहायता गरेको विषयमा मलाई सबै थाहा छ। म जान्दछु तिम्रा पतिको मृत्यु भएपछि पनि तिमीले उनलाई सहायता गर्यौ। अनि म जान्दछु कि तिमीले आफ्ना पिता-माता एवं आफ्नै देश पनि त्याग गर्यौ र यस देशमा आयौ। तिमीले यस देशका कुनै व्यक्तिलाई चिन्दैन थियौ, तर तिमी नाओमी सित यहाँ आयौ।