Ruth 2:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो कामको इनाम परमेश्वरले तिमीलाई देऊन्। इस्राएलका परमेश्वर परमप्रभु, जसको रक्षाको शरण तिमीले लिएकी छौ, उहाँले तिमीलाई पाउनुपर्ने सबै इनाम देऊन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले तिम्रो कामको पुरस्कार तिमीलाई देऊन्। जसको छत्रछायामुनि शरण लिनलाई तिमी आएकी छौ, उनै परमप्रभु इस्राएलका परमेश्वरले प्रशस्त उपहार देऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीले जे गरेकी छौ, याहवेहले तिमीलाई त्यसको प्रतिफल देऊन्। इस्राएलका परमेश्वर, जसको पखेटामुनि तिमी आश्रय लिन आएकी छौ, उही याहवेहले तिमीलाई प्रशस्त इनाम देऊन्।”
Nepali ERV (पवित्र बाइबल)
तिमीले गरेका सबै असल कुराको निम्ति परमप्रभुले तिमीलाई पुरष्कृत तुल्याउनु हुनेछ। इस्राएलका परमप्रभु परमेश्वरले तिमीलाई प्रशस्त दिनुहुनेछ। तिमी उहाँ कहाँ सुरक्षाको निम्ति आयौ अनि उहाँले तिम्रो सुरक्षा गर्नु हुनेछ।”