Ruth 2:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रूथले उत्तर दिइन्, “तपाईं ममाथि अति दयालु हुनुहुन्छ, म तपाईंकी एउटी कमारी बन्न लाएककी छैनँ, तापनि मसँग दुई वचन बोलेर मलाई आनन्दित तुल्याउनुभयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भनिन्, “म हजूरकी कमारी नभए तापनि हजूरले साँच्ची नै मलाई शान्ति दिनुभएको छ र दयाको कुरा गर्नुभएको छ। हजूरको निगाह पाइरहूँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भनिन्, “मैले हजुरको नजरमा कृपादृष्टि पाइरहूँ। यद्यपि तपाईंका सेविकाहरू जत्तिको पनि मेरो स्तर छैन; तथापि तपाईंले मसँग नम्रतासाथ बोल्नुभएर मलाई सान्त्वना दिनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
तब रूथले भनिन्, “महाशय, तपाईं मेरो निम्ति अत्यन्त दयावन्त हुनु भयो। म केवल एक सेविका हुँ। म तपाईंका यी स्त्री कामदार जतिको पनि छुईनँ। तर तपाईंले मलाई दयापूर्ण वचन भनेर मलाई सान्त्वना दिनुभयो।”