Ruth 2:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोजनको समयमा बोअजले रूथलाई भने, “आऊ, रोटी खाऊ, सिर्कामा चोपेर खाऊ।” उनी काम गर्नेहरूसँग बसिन्। बोअजले उनलाई केही भुटेको अन्‍न दिए। उनले पेट भरून्‍जेल खाइन् र अझै केही खानेकुरा उब्रियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब खाने बेला भयो तब बोअजले तिनलाई भने, “यहाँ आएर केही खाऊ, र तिम्रो रोटी सिर्कामा चोप।” तब तिनी कटनी गर्नेहरूसँगै बसिन्, र बोअजले तिनलाई केही भुटेको अन्‍न दिए। तिनले पेटभरि खाइन्‌ र केही उबारेर राखिन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खाना खाने समयमा बोअजले तिनलाई भने, “तिमी यहाँ आऊ, र सिर्कामा केही रोटी चोपेर खाऊ।” जब तिनी कटनी गर्नेहरूसँग बसिन्, तब उनले तिनलाई केही भुटेका अन्‍न दिए। तिनले चाहेजति खाइन्, र तिनीसित केही उब्रियो पनि।
Nepali ERV (पवित्र बाइबल)
दिनको खानको समयमा बोअजले रूथलाई भने, “यहाँ आऊ, हामीसित केही रोटी खाऊ। रोटी सिर्कामा भिजाएर खाऊ।” यसर्थ रूथ ती कामदारहरूसँग बसिन्। बोअजले तिनलाई केही भूटेका अन्न दिए। रूथले नअघाएसम्म खाइन् अनि त्यहाँ केही भोजन उब्रिए।