Ruth 2:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[15-16] त्यसपछि उनी उठेर अन्न बटुल्न गइन्। तब बोअजले आफ्ना काम गर्नेहरूलाई यस्तो आज्ञा दिए, “बाली काटेर राखेका बिटाहरूका बीचमा पनि उसलाई शिला-बाला बटुल्न देओ, उसलाई रोक-टोक नगर, त्यसबाहेक बाँधेका बिटाहरूबाट पनि केही बाली उसलाई छोडिदेओ र ती उसलाई बटुल्न देओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जब तिनी शिला-बाला बटुल्नलाई उठिन् तब बोअजले आफ्ना मानिसहरूलाई यसो भनेर आज्ञा दिए, “त्यसलाई बिटाहरूका बीच-बीचमा पनि शिला-बाला बटुल्न देओ। त्यसलाई नहप्काओ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनी शिला बटुल्नलाई उठिन्, तब बोअजले आफ्ना मानिसहरूलाई हुकुम दिए, “यदि उसले बिटाहरूका बीचमा पसेर शिला-बाला बटुली भने पनि उसलाई नरोक।
Nepali ERV (पवित्र बाइबल)
तब रूथ उठिन् अनि काममा फर्कि गइन्। तब बोअजले आफ्ना सेवकहरूलाई भने, “रूथलाई अन्नका बिटा वरिपरि पनि अन्न संग्रह गर्न देऊ। उसलाई नरोक्नु।