Ruth 2:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नाओमीले सोधिन्, “यति अन्न आज तिमीले कहाँ बटुल्यौ? तिमीले कसको बारीमा काम गर्यौ? तिमीलाई दया गर्ने मानिसलाई परमेश्वरले आशिष् देऊन्!” आफूले बोअजको बारीमा काम गरेको कुरा रूथले नाओमीलाई भनिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनकी सासूले तिनलाई सोधिन्, “आज तिमीले कहाँ शिला-बाला बटुल्यौ? तिमीले कहाँ काम गर्यौ? ती मानिस धन्यका होऊन् जसले कृपा गरी तिम्रो हेरचाह गरे।” यसैकारण तिनले आफ्नी सासूलाई आफू कसकहाँ काम गरिन् भनी बताइदिइन्। तिनले भनिन्, “मैले साथै काम गरेका मानिसको नाउँ बोअज रहेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनकी सासूले सोधिन्, “आज तिमीले कहाँ शिला-बाला बटुल्यौ? अनि कहाँ काम गर्यौ? ती मानिस धन्यका हुन्, जसले तिमीलाई वास्ता गरे!” यसकारण आफूले जसको खेतमा काम गरेकी थिइन्, तिनको विषयमा रूथले आफ्नी सासूलाई बताइन्, र भनिन्, “मैले आज काम गरेको मानिसको नाम बोअज हो।”
Nepali ERV (पवित्र बाइबल)
तिनकी सासुले तिनलाई सोधिन्, “तिमीले कहाँबाट यी सबै अन्न जम्मा गर्यौ? तिमीले कहाँ काम गर्यौ? त्यस मानिसलाई धन्य होस् जसले तिमीलाई ध्यान दिए।” तब रूथले तिनले को सित काम गरेकी थिइन् सो बताइन्। तिनीले भनिन्, “आज मैले जुन मानिससित काम गरें त्यो मानिसको नाउँ बोअज हो।”