Ruth 2:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नाओमीले भनिन्, “परमेश्‍वरले बोअजलाई आशिष् देऊन्, उहाँले दिनुभएको प्रतिज्ञा परमेश्‍वरले जिउँदो र मरेकाहरू सबैसँग राख्‍नुहुन्‍छ। ती मानिस हाम्रा आफ्‍ना नजिकका नातेदार हुन्। उनले त हामीलाई हेर्नुपर्ने पनि हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब नाओमीले भनिन्, “परमप्रभुले तिनलाई आशिष्‌ देऊन्, परमप्रभुले जिउँदा र मरेकाहरूमाथि कृपा गर्न छोड्‌नुभएको छैन। किनभने ती मानिस त हाम्रा नजिकका कुटुम्‍ब, मोल तिरी छुटाउने हुन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नाओमीले आफ्नी बुहारीलाई भनिन्, “याहवेहले उनलाई आशिष् देऊन्! जिउँदा र मरेकाहरूमाथि याहवेहले कृपा देखाउन छोड्नुभएको छैन।” तिनले भनिन्, “ती मानिस हाम्रा नजिकैका आफन्त हुन्। तिनी हाम्रो परिवारलाई मोल तिरेर छुटाउनेहरू मध्येका एक हुन्। ”
Nepali ERV (पवित्र बाइबल)
तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “परमप्रभुले उलाई आशीर्वाद दिऊन्। उनले जीवित र मृतहरू प्रति आफ्नो दया देखाउने काम जारी राखेका छन्!” तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “बोअज हाम्रा एक आफन्त हुन्। बोअज हाम्रा एक रक्षक हुन्।”