Ruth 2:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रूथले भनिन्, “त्‍यसमाथि उनले मलाई कटनी नसकुञ्‍जेलसम्‍म उनकै मानिसहरूसँग अन्‍न बटुल्‍ने काम गर्नू भनेका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोआबी रूथले भनिन्, “त्‍यसबाहेक उहाँले त मलाई सबै कटनी खतम नहोउञ्‍जेल उहाँका मानिसहरूसँगै लागिरहनू भनी भन्‍नुभयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोआबी रूथले भनिन्, “उनले मलाई यसो पनि भने, ‘कटनीको काम सबै पूरा नहुँदासम्म मेरा कामदारहरूसँग बस।’ ”
Nepali ERV (पवित्र बाइबल)
तब मोआबी रूथले भनिन्, “बोअजले मलाई फर्कि आउनु अनि काम गर्दै गर्नु पनि भनेकाछन्। फसल कटाई खतम नभएसम्म बोअजले मलाई उनका कामदारहरूसितै काम गर्नु भनेकाछन्।”