Ruth 2:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नाओमीले रूथलाई भनिन्, “हो छोरी, बोअजका काम गर्ने आइमाईहरूसँग पनि तिमी काम गर। अरू कसैको खेतबारीमा गयौ भने तिमीलाई सताउन सक्‍छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नाओमीले भनिन्, “हे मेरी छोरी, तिनका ठिटीहरूसँगै जान तिमीलाई बेस होला, किनकि अरूको खेतमा तिमीलाई खतरा होला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नाओमीले आफ्नी बुहारी रूथलाई भनिन्, “यो तिम्रो लागि असलै हुनेछ। मेरी छोरी, उनका काम गर्ने केटीहरूसँग जानु असल हुन्छ; किनकि अरूको खेतमा जाँदा तिमीमाथि हानि आइपर्न सक्छ।”
Nepali ERV (पवित्र बाइबल)
तब नाओमीले आफ्नी बुहारी रूथलाई भनिन्, “मेरी छोरी, उसकी नोकर्नीहरूसंग निरन्तर कामगर्नु तिम्रो निम्ति असल हुन्छ। यदि तिमीले अर्काको खेतहरूमा काम गर्यौ भने कोही मानिसहरूले तिम्रो हानी गर्न सक्लान।”