Ruth 2:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही समयपछि, बोअज आफैं बेथलेहेमबाट आइपुगे र काम गर्नेहरूलाई भेटी “परमप्रभु तिमीहरूसँग होऊन्,” भने। तिनीहरूले भने, “परमप्रभुले तपाईंलाई आशिष् दिऊन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्यहाँ बोअज पनि बेथलेहेमबाट आइपुगेको थियो। तिनले कटनी गर्नेहरूलाई अभिवादन गरेर भने, “परमप्रभु तिमीहरूसँग होऊन्।” अनि तिनीहरूले जवाफ दिए, “परमप्रभुले तपाईंलाई आशिष् देऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसै बेला बोअज बेथलेहेमबाट आइपुगे। अनि कटनी गर्नेहरूलाई अभिवादन गरे, “याहवेह तिमीहरूसित होऊन्!” तिनीहरूले जवाफ दिए, “याहवेहले तपाईंलाई आशिष् देऊन्!”
Nepali ERV (पवित्र बाइबल)
पछि, बोअज बेतलेहेमबाट खेतमा आए। तिनले काम गर्नेहरूलाई अभिवादन गरे। तिनले भने, “परमप्रभु तिमीहरूका साथ रहून्।” अनि कामदारहरूले उत्तर दिए, “परमप्रभुले तपाईलाई आशिष दिऊन्।”