Ruth 3:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीलाई परमप्रभुले आशिष् देऊन्,” उनले भने, “तिमीले आफ्‍नी सासूलाई जे-जति गर्‍यौ, सोभन्दा बढ्ता यस कुरामा तिमीले परिवारप्रति माया र भक्ति देखाएकी छौ। तिमी धनी वा गरीब कुनै केटासँग जान सक्‍थ्‍यौ; तर तिमीले सो गरिनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “हे मेरी छोरी, परमप्रभुले तिमीलाई आशिष्‌ देऊन्। तिमीले देखाएको यो आखिरी भक्ति पहिलाको भन्‍दा प्रगाढ़ छ। धनी कि गरीब कुनै जवान मानिसको पछि तिमी लागिनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले जवाफ दिए, “मेरी छोरी, याहवेहले तिमीलाई आशिष् देऊन्। तिमीले पहिले देखाएको दयाभन्दा यो अझ बढी छ। तिमी जवान मानिसहरूका पछि लागिनौ, चाहे त्यो धनी होस् वा गरिब।
Nepali ERV (पवित्र बाइबल)
तब बोअजले भने, “परमप्रभुले तिमीलाई आर्शीर्वाद दिऊन्, जवान स्त्री। तिमीले मलाई खूबै दया देखायौ। तिम्रो दया मेरो निम्ति तिमीले नाओमीलाई शुरूमा देखाएको दया भन्दा महान छ। तिमीले बिवाह गर्नका निम्ति धनी वा गरीब जवान मानिसलाई खोज्न सक्थ्यौ। तर तिमीले खोजिनौं।