Ruth 3:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब रातभरि यहीँ बस। बिहान उनले तिम्रो जिम्‍मा लिन मान्‍छन् कि मान्‍दैन, म खोजी गर्नेछु। तर तिम्रो लागि नजिकको नातेदारले गर्नुपर्ने कर्तव्‍य पूरा गर्न उनी राजी भएनन् भने जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिँदछु कि यो काम म गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आजको रात यहीँ बिताऊ, र भोलि बिहान यदि तिनले तिम्रो नजिकको नातेदारले गर्नुपर्ने कर्तव्‍य गर्छन्‌ भने ठीकै छ, तर तिनी राजी भएनन्‌ भने म गर्नेछु। परमप्रभुको शपथ खाएर म यो भन्‍दछु। अब बिहानसम्‍म ढल्‍किरह।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आज राति यहीँ बस, र बिहान यदि तिनले तिमीलाई छुटाउने इच्छा गर्छन् भने असलै हुन्छ, तिनले नै छुटाऊन्। तर यदि तिनी तयार छैनन् भने म प्रतिज्ञा गर्छु, जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म यो गर्नेछु। बिहानसम्म यहीँ ढल्किबस।”
Nepali ERV (पवित्र बाइबल)
आज राती तिमी यहीं बस। भोलि बिहान हामी हेर्ने छौ उसले तिमीलाई सहयोग गर्न सक्छ कि! यो राम्रो हुन्छ यदि उसले तिमीलाई सहयोग गर्ने निर्णय गर्छ। यदि उसले तिमीलाई सहयोग दिन अस्वीकार गर्छ भने परमप्रभुको शपथ खाएर म यो प्रतिज्ञा गर्छु कि म तिमीलाई बिवाह गर्ने छु अनि तिम्रो निम्ति एलीमेलेकको भूमि यसको दाम तिरेर फर्काइ ल्याउँछु। यसर्थ, विहान न भएसम्म यहीं ढल्क।”