Ruth 3:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बोअजले उनलाई भने, “तिमीले ओढेको खास्‍टो भूइँमा फैलाएर थाप।” रूथले त्‍यसै गरिन्। बोअजले प्राय: २० किलोग्राम जति जौ त्‍यसमा हालिदिए र भारी उठाएर उसको काँधमा बोकाइदिए। त्‍यो बोकी रूथ सहर फर्किन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बोअजले भने, “तिमीले ओढ़ेको खास्‍टो थाप।” तिनले थापिन्, र बोअजले छ पाथी जति जौ भरेर तिनलाई बोकाइदिए। अनि तिनी सहरमा फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले यो पनि भने, “तिमीले ओढेको खास्टो यहाँ ल्याऊ, र समात।” तिनले त्यसै गरिन्, र बोअजले छ पाथी जौ हालेर तिनलाई बोकाइदिए। अनि तिनी सहरतिर फर्के।
Nepali ERV (पवित्र बाइबल)
तब बोअजले भने, “तिम्रो ओढने मकहाँ ल्याऊ। अब त्यसलाई खोलेर समात।” यसर्थ रूथले आफ्नो ओढने खोलेर समातिन् अनि बोअजले छः पाथी जस्तो जौं नापेर, नाओमी, तिनकी सासूका निम्ति भेंट स्वरूप पठाए। तब बोअजले त्यसलाई रूथको ओढनेमा कुम्लोपारे अनि उसको पिठ्यूँमा राखि दिए। त्यसपछि तिनी शहरतिर गए।