Ruth 3:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खाइ-पिइ गरिसकेपछि बोअजको मन खुसी भयो। जौ थुपारिराखेको ठाउँमा गएर उनी सुते। रूथ बिस्तारै चाल नपाउने गरी आइन्, ओढ्ने उठाएर त्यसभित्र पसिन् र उनको खुट्टापट्टि सुतिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब बोअजले खानपान गरिसके तब तिनको मन खुशी भयो, र अन्न थुपारेको एकातिर सुत्नलाई गए। तब रूथ चूपचापसित आइन्, र बोअजको खुट्टामा भएको ओढ्ने उठाएर ढल्किन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब बोअजले खानपिन गरिसकेपछि उनको मन खुशी भयो, तब अन्न थुपारेको पल्लो कुनामा सुत्न गए। रूथ चुपचापसित त्यहाँ गइन्; तिनका खुट्टाको ओढ्ने उठाएर त्यहीँ ढल्किन्।
Nepali ERV (पवित्र बाइबल)
खाई-पिई सकेपछि बोअज निक्कै सन्तुष्ट थिए। ऊ अन्नको थुप्रोको छेउमा सुत्न गए। तब रूथ चूपचापसित उनीकहाँ गइन् अनि तिनको खुट्टाबाट ओढ्ने उचालिन् र त्यहाँ ढल्किन्।