Ruth 4:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साथै मोआबी रूथ महलोनकी विधवा मेरी स्वास्नी हुनेछे। त्यसो हुँदा मर्नेको परिवारसँग उसको धन-सम्पत्ति रहनेछ अनि उसको निज सहरमा उसको वंश रहिरहनेछ। आज तपाईंहरू यी सबै कुराका साक्षी हुनुहुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसबाहेक महलोनकी पत्नी मोआबी रूथलाई पनि ती मरिसकेका मानिसको पैतृक-सम्पत्तिसँग तिनको नाउँ कायम राख्नलाई तिनका नातेदारहरूका बीचबाट र सहरको खाताबाट तिनको नाउँ नमेटिओस् भनेर मैले आफ्नी पत्नी हुनलाई प्राप्त गरेको छु। तपाईंहरू आजको दिन साक्षी हुनुहुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले महलोनकी विधवा मोआबी रूथलाई पनि मृतकको नाम र सम्पत्ति अटल राख्न र तिनको नाम परिवारबाट नहराओस् अथवा सहरबाट नहटोस् भनेर आफ्नी पत्नीको रूपमा प्राप्त गरेको छु। तपाईंहरू आज साक्षीको रूपमा हुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
म मेरी पत्नी बनाउनका निम्ति, महलोनकी विधवा पत्नी, रूथलाई पनि किनी रहेछु। म यसो गर्दैछु ताकि त्यो मृत मानिसको सम्पत्ति उसको आफ्नै परिवारमा रहन्छ। यस प्रकारले मृत मानिसको नाउँ आफ्ना परिवार अनि आफ्नो देशबाट अलग हुनेछैन। आज तपाईंहरू यसको साक्षी हुनुहुन्छ।”