Ruth 4:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती बुढा प्रधानहरू र मानिसहरूले भने, “हो, हामी साक्षी छौं। सन्‍तानहरूले याकूबको घर भरिभराउ गरिदिने राहेल र लेआजस्‍तै तिम्री स्‍वास्‍नीलाई परमप्रभुले बनाऊन्। एप्राता वंशमा तिमी हुनेखाने बन र बेथलेहेममा तिम्रो नाम रहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब धर्म-गुरुहरू र मूल ढोकामा हुने सबैले भने, “हामी साक्षी छौं। तपाईंको घरमा आउने यी स्‍त्रीलाई परमप्रभुले इस्राएलको घराना निर्माण गर्ने राहेल र लेआजस्‍तै तुल्‍याऊन्‌। एप्रातामा तपाईंको कदर होस्, र बेथलेहेममा तपाईंको नाउँ प्रसिद्ध रहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि प्रधानहरू र मूलढोकामा हुनेहरूले भने, “हामीहरू साक्षी छौँ। राहेल र लेआ जसले मिलेर इस्राएलका घरानालाई निर्माण गरे, तपाईंको घरमा आउने स्त्रीलाई पनि याहवेहले त्यस्तै तुल्याऊन्। एप्रातामा तपाईंको महत्व बढोस् र बेथलेहेममा तपाईंको नाम चलोस्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ समस्त मानिसहरू अनि अगुवाहरू जो शहरद्वारको छेउमा थिए, साक्षी भए। तिनीहरूले भने, “मेरो परमप्रभुले यो स्त्रीलाई, जो तिम्रो घरमा आउँदै छिन्, तिनलाई राहेल अनि लेआ जस्तै तुल्याउन्। जसले इस्राएलको वंश निर्माण गरे। तिमी इस्राएलमा शक्तिशालि बन। बेतलेहेममा प्रसिद्ध बन।”