Ruth 4:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍त्रीहरूले नाओमीलाई भने, “परमप्रभुको प्रशंसा गर! उहाँले तिमीलाई एउटा नाति दिनुभएको छ। नातिले तिमीलाई हेरविचार गर्नेछ। यो केटो इस्राएलमा नामी होस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब स्‍त्रीहरूले नाओमीलाई भने, “परमप्रभु धन्‍यका हुनुहुन्‍छ। किनभने आज उहाँले तपाईंलाई एउटा नजिकको नातेदारविना छोड्‌नुभएन। यसको नाउँ इस्राएलमा प्रसिद्ध रहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्त्रीहरूले नाओमीलाई भने, “याहवेहको प्रशंसा होस्, जसले आज तपाईंलाई एउटा छुटाउने नातेदारविना छोड्नुभएन। इस्राएलभरि तिनी प्रसिद्ध होऊन्।
Nepali ERV (पवित्र बाइबल)
शहरका स्त्रीहरूले नाओमीलाई भनेः “परमप्रभु हुनुहुन्छ जसले तिमीलाई यो नानी दिनुभयो वहाँ प्रति कृतज्ञ होऊ। ऊ इस्राएलमा प्रसिद्ध होस्।