Ruth 4:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्री बुहारीले तिमीलाई माया गर्छे। जसले तिमीलाई सात छोराले भन्दा बढ्ता गरेकी छे। उसले तिमीलाई अब एउटा नाति दिएकी छे। त्यसले तिमीलाई सहारा दिनेछ र बुढेसकालमा तिम्रो हेरचाह गर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो बालक तपाईंलाई नयाँ जीवन दिने र तपाईंको बुढ़ेसकालमा तपाईंको पालनपोषण गर्ने हुनेछ। किनभने सात भाइ छोराभन्दा पनि असल भएकी, तपाईंलाई प्रेम गर्ने बुहारीले यो बालक जन्माएकी हुन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती बालकले तपाईंको जीवनलाई नयाँ जीवन दिनेछन् र बुढेसकालमा तपाईंको पालनपोषण गर्नेछन्। किनकि तपाईंकी बुहारी, जसले तपाईंलाई प्रेम गर्छिन्, तिनी तपाईंको निम्ति सात भाइ छोराहरूभन्दा असल छिन्। तिनले यस बालकलाई जन्म दिएकी छिन्।”
Nepali ERV (पवित्र बाइबल)
यसले तिमीलाई फेरि जीवन दिनेछ अनि तिम्रो वृद्धा अवस्थामा तिम्रो हेरचाह गर्नेछ। तिम्री बुहारीले यस्तो गराउन सकिन् तिनले तिम्रो निम्ति यो बालकलाई गर्भधारण गरिन्। तिनले तिमीलाई प्रेम र्गछिन् अनि तिम्रो निम्ति तिनी सातजना छोराहरू भन्दा उत्तम छिन्।”