Ruth 4:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बोअजले भने, “ठीकै छ, तिमीले नाओमीबाट त्‍यो खेतबारी किन्‍छौ भने त्‍यो मोआबी स्‍त्री रूथलाई पनि विवाह गर्नुपर्नेछ। त्‍यस खेतबारी एलीमेलेककै परिवारसँग रहनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बोअजले भने, “नाओमी र मोआबी रूथबाट त्‍यो जमिन लिएको दिन मरेका मानिसको पैतृक-सम्‍पत्तिसँग तिनको नाउँ कायम राख्‍नलाई ती मरेका मानिसकी पत्‍नी पनि तपाईंले प्राप्‍त गर्नुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब बोअजले भने, “यो कुरा मनमा राख्नुहोस्; नाओमीबाट त्यो जमिन किनेको दिन मृतककी विधवा मोआबी रूथलाई पनि स्वीकार गर्नैपर्छ; ताकि त्यो सम्पत्ति ती मरिसकेका मानिसको सन्तानको नाममा रहोस्।”
Nepali ERV (पवित्र बाइबल)
तब बोअजले भने, “यदि तिमीले त्यो भूमि नाओमी बाट किन्यौ भने, तिमीले त्यो मृत व्यक्तिकी पत्नी, मोआबी स्त्री रूथ पनि पाउने छौ। जब रूथको नानी हुन्छ त्यो नानीले त्यो भूमि पाउनेछ। त्यसरी त्यो मृत मानिसको नाम परिवारमा रहेनछ।”