Ruth 4:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस मानिसले भने, “त्यसो हो भने म मेरो हक छोडिदिन्छु, कारण मेरो बालबच्चाले त्यो जमिनमाथि अधिकार पाउने रहेनछन्, जमिन तिमी किन। म किन्दिनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो सुनेर ती नजिकको नातेदारले भने, “म आफै यो काम गर्न सक्दिनँ, किनभने मेरो आफ्नै पैतृक-सम्पत्ति गुमाउने मलाई डर छ। यसर्थ मैले गर्नुपर्ने नजिकको नातेदारको काम तपाईंले गर्नुहोला। म यो काम गर्न सक्दिनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर ती छुटाउनेवाला नातेदारले भने, “त्यसो हो भने म किन्न सक्दिनँ। किनकि मैले मेरो आफ्नै सम्पत्तिलाई गुमाउन सक्छु। तपाईं किन्नुहोस्; म किन्न सक्दिनँ।”
Nepali ERV (पवित्र बाइबल)
त्यो नजिकको आफन्तले उत्तर दिए, “म त्यो भूमि फिर्ता गर्न सक्तिन। त्यो भूमि मेरो हुनुपर्छ, तर म त्यो किन्न सक्तिन। यदि मैले त्यो किनेभने मैले मेरो आफ्नै भूमि गुमाउन सक्छु। तपाईंले मेरो पुनः किन्ने अधिकार लिन सक्नु हुनेछ। यसकारण तपाईंले त्यो भूमि किन्नु, होस् किनभने म यो किन्न सत्तिनँ।”