Ruth 4:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दिनमा जमिन वा सम्पत्ति किनबेच वा सट्टापट्टा गर्दा बेच्नेले आफ्नो जुत्ता खोलेर किन्नेलाई दिने चलन थियो। व्यापार पक्का भएको कुरा यसरी इस्राएलीहरू प्रकट गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्राचीन समयमा जग्गाजमिन मोल तिरेर लिँदा वा सट्टापट्टा गर्दा, दिने मानिसले आफ्नो जुत्ता फुकालेर लिने मानिसलाई दिने चलन थियो। इस्राएलमा पक्का गर्ने रीति यस्तै थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(अब पहिलेका समयहरूमा इस्राएलमा सम्पत्तिलाई छुटाउँदा र हस्तान्तरण गर्दा, एक पक्षले अर्को पक्षलाई आफ्नो जुत्ता खोलेर दिइन्थ्यो। इस्राएलमा लेनदेनको कार्यलाई कानुनी बनाउने प्रथा यस्तै थियो।)
Nepali ERV (पवित्र बाइबल)
(धेरै समय अघि इस्राएलमा जब मानिसहरूले सम्पत्ति किन्थे वा ऋण मुक्त गर्थे, एक व्यक्तिले आफ्नो जुत्ता खोल्थ्यो अनि अर्को व्यक्तिलाई दिन्थ्यो। त्यो तिनीहरूको किन बेचको प्रमाण हुन्थ्यो।)