Song of Solomon 1:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे यरूशलेमकी स्‍त्रीहरू हो! म श्‍याम वर्णकी भए पनि सुन्‍दरी छु, केदारका मरु-भूमिका पालजस्‍ता कालो, तापनि सोलोमनको महलका पर्दाझैँ सुन्‍दर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म श्‍यामवर्णकी तर सुन्‍दरी छु, हे यरूशलेमका छोरी हो, केदारका पालहरूजस्‍तै कालो, र सोलोमनको पालका पर्दाजस्‍तै।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे यरूशलेमका छोरीहरू हो, म काली वर्णकी भए तापनि हिस्सी परेकी छु; केदारका पालहरूजस्तै, सोलोमनको पालका पर्दाजस्तै।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेमकि छोरीहरू हो! म काली तर सुन्दरी छु। केदार र शाल्माको पाल झैं काली छु।