Song of Solomon 2:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिहानको बतास नचलेसम्‍म र अँध्‍यारो नहुञ्‍जेलसम्‍म। ए मेरी प्रियतम, फर्केर आऊ, बेतेरका पर्वतमा जरायो र मृग फर्किगएझैँ तिमी पनि फर्किआऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
झिसमिसे बिहान नआएसम्‍म र छाया हराउँदै नगएसम्‍म, फर्कनुहोस्, मेरा प्रेमी, भिराला पर्वतहरूतिर हुने हरिण अथवा जवान मृगझैँ हुनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जबसम्म बिहान हुँदैन, र छायाहरू हराउँदैनन्, हे मेरा प्रियतम, फर्कनुहोस्; र मृगझैँ, अथवा भिरालो डाँडाहरूमाथि हुने घोर्ले जरायोझैँ हुनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
जबसम्म दिन बितेर छाँया लामो हुँदैन फर्कि आऊ, मेरा प्रेमी हरिण झैं बन अथवा मृगहरू झैं सुन्दर पहाडहरूमाथि।