Song of Solomon 3:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे सियोनका स्त्रीहरू हो, आओ र सोलोमन राजालाई हेर। उनकी आमाले उनका विवाहको दिन, आनन्द र हर्षको दिन, उनलाई लाइदिएको मुकुट उनको शिरमा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सियोनका छोरीहरू हो, बाहिर निस्केर आओ, राजा सोलोमनले मुकुट लगाउनुभएको हेर, त्यो मुकुट जुन उहाँकी आमाले विवाहको दिन, उहाँको हृदय रमाएको दिनमा पहिराइदिएकी थिइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सियोनका छोरीहरू हो, बाहिर आओ, सोलोमन राजाले मुकुट पहिरेका हेर; त्यो त्यही मुकुट हो, जुन तिनकी आमाले तिनको विवाहको दिनमा, तिनको हृदय आनन्दले पूर्ण भएको दिनमा, तिनको शिरमा लगाइदिएकी थिइन्।
Nepali ERV (पवित्र बाइबल)
सियोनकी तरूणीहरू हो, बाहिर आएर सुलेमनानलाई उनको मुकुटसित हेर, त्यो उसकी आमाले त्यो दिन पहिर्याई दिएकी थिइन्, जुन दिन उनको विवाह भएको थियो। त्यो दिन उनी अत्यन्तै खुशी थिए।