Song of Solomon 3:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई छोडेर केही हिंडेको मात्र थिएँ मैले मेरा प्रियतमलाई भेटें। मैले उनलाई समातें, मेरी आमाको घरमा, अँ, म जन्मेको कोठामा नपुर्याएसम्म मैले उनलाई छोडिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई छोड़ेर अलिक परसम्म मात्र म अगि बढ़ेकी थिएँ कि मेरो हृदयका प्रेमीलाई मैले भेटें। मैले उहाँलाई मेरी आमाको घर, मलाई जन्म दिनुहुनेको कोठामा नल्याउञ्जेलसम्म नछोड़ीकन समातेर राखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूबाट केही पर मात्र के गएको थिएँ; मैले मेरा हृदयको प्रेमीलाई फेला पारेँ। मैले उहाँलाई च्याप्पै समातेँ र कतै जान दिइनँ, मेरी आमाको घरमा, मलाई जन्माउने मेरी आमाको कोठामा नपुगुन्जेल सँगै लिएर आएँ।
Nepali ERV (पवित्र बाइबल)
जब म ती पालेहरूदेखि अलिक पर मात्र पुगेकी थिएँ मैले मेरा प्रेमीलाई भेटेंे। मैले उहाँलाई समातें र उहाँलाई मेरी आमाको घरमा लगें अर्थात ती नारीको कोठामा जसले मलाई आफ्नो गर्भमा राखेकी थिइन्।