Song of Solomon 4:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरी दुलही, लेबनानबाट, लेबनानका पर्वतबाट, मसँग आऊ, अमाना पर्वतको टाकुराबाट, सिंह र चितुवा बस्‍ने सेनीर र हेर्मोन डाँडाबाट तिमी झरेर आऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरी दुलही, लेबनानबाट मकहाँ आऊ, लेबनानबाट मकहाँ आऊ। अमानाको चुचुरोबाट ओह्रालो झरेर आऊ, सेनीरको टुप्‍पा, हेर्मोनको टाकुराबाट आऊ, सिंहहरूका ओड़ार र चितुवाहरूका पहाड़ी अखड़ाबाट।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरी दुलही, मसित लेबनानबाट आऊ, लेबनानबाट मसित आऊ! अमानाको शिखरबाट, सेनीर र हेर्मोनका टाकुराबाट, सिंहका गुफाबाट र चितुवाका पहाडी ओडारबाट तल आऊ।
Nepali ERV (पवित्र बाइबल)
हे मेरी दुलही, तिमी मेरो निम्ति लेबनोनबाट आऊ। म भएकोमा आऊ तिमी मसित अमानाको चुचुरोबाट, सनीरको उचाईबाट, सिंहको गुफाबाट अनि चितुवाको पाहाडबाट आऊ।