Song of Solomon 5:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे प्रियतमा! मेरी दुलही! म आफ्नो बगैंचामा पसेको छु; म मेरा मसला र मूर्र बटुल्दै छु। म मह र चाकासितै खाँदै छु; अनि दाखमद्य र दूध पिउँदै छु। खाओ, प्रियहरू हो र पिओ, प्रेमले नअघाउञ्जेलसम्म पिओ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरी बहिनी, मेरी दुलही, म मेरो बगैँचामा आएँ, मैले मेरो सुगन्धित मसलासमेत मेरो मूर्र बटुलें। मैले मेरो महको चाका र मेरो मह खाएँ। मैले मेरो दाखमद्य र मेरो दूध पिएँ। खाओ, हे मित्रहरू हो, र पिओ, अघाउञ्जेल पिओ, प्रेमीहरू हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरी प्रिय, मेरी दुलही, म मेरो बगैँचामा आएको छु; मैले आफ्नो मूर्र मसलाहरूसहित बटुलेको छु। मैले मेरो महको चाका र मेरो मह खाएको छु, मैले मेरो दाखमद्य र मेरो दूध पिएको छु। हे मित्रहरू हो, खाओ र पिओ; प्रेमीहरू हो, अघाउन्जेल पिओ।
Nepali ERV (पवित्र बाइबल)
मेरी प्रेमीका, हे मेरी दुलही, म आफ्नो सुगन्धित सामग्रीसित बगैंचामा पसें। मैले मेरो मुर्र र मशलाहरू बटुलेकोछु। मैले मेरो चाका महसंग खाएँ। मैले आफ्नो दाखरस र दूध पिएकोछु। हे साथीहरू हो! खाऊ, प्रेमीहरू हो! पिऊ र प्रेमको मद्यले मस्त हौ। प्रेमिका भन्छे