Song of Solomon 5:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सुत्‍दा मेरो मन त जागै रहन्‍थ्‍यो, मेरा प्रियतमले दैलो ढक्ढक्‍याएको सपनामा मैले देखें। मेरी प्रियतमा, मेरी प्राण-प्रिये, मेरी ढुकुर, मलाई भित्र आउन देऊ। शीतले मेरो शिर भिजेको छ, कुइरोले मेरो केश चिसो भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त सुतें, तर हृदयचाहिँ जागै थियो। सुन त, मेरा प्रेमीले ढोका ढकढक्‍याइरहनुभएको छ। “हे मेरी बहिनी, मेरी प्‍यारी, ढोका खोल, मेरी निर्दोष ढुकुर। मेरो शिर शीतले भिजेको छ, मेरो कपाल रातीको चिसोले भिजेको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त सुतेँ, तर मेरो हृदय जागै रह्‍यो; सुन! मेरा प्रियले ढोका ढकढकाउँदै हुनुहुन्छः “मेरी प्रेमी, मेरी प्रिय, मेरो निम्ति ढोका खोलिदेऊ; मेरी ढुकुर, मेरी निष्खोट सुन्दरी, मेरो शिर शीतले भिजेको छ; रातको शितले मेरो कपाल भिजेको छ।”
Nepali ERV (पवित्र बाइबल)
म मस्त सुतें, तर मेरो हृदय जाग्रित थियो। मैले मेरा प्रेमीले ढोका ढक्ढकाइरहेको सुन्छु। ढोका खोल मेरी प्रेमी, मेरी ढुकुर, मेरी प्रियतमा, पुर्णता मेरो शीर शीतले भिजेकोछ, मेरो केश मध्य रातले भिजाएकोछ।