Song of Solomon 5:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले आफ्‍ना प्रियतमको निम्‍ति दैलो खोलें, तर उनी त गइसकेका थिए! मैले कति उनको स्‍वर सुन्‍न चाहँन्‍थें! मैले उनलाई खोजें तर भेट्टाउन सकिनँ, मैले उनलाई बोलाएँ तर केही जवाफ पाइनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा प्रेमीको निम्‍ति ढोका खोलें तर उहाँ त हिँड़िसक्‍नु भएछ, त्‍यहाँ हुनुहुन्‍नथियो। उहाँको प्रस्‍थानले मेरो हृदयलाई शोकित बनायो, मैले उहाँलाई खोजें तर भेटिनँ, मैले उहाँलाई पुकारें तर उहाँले जवाफ दिनुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले मेरा प्रियको निम्ति ढोका खोलेँ, तर मेरा प्रिय हिँडिसक्नुभएछ; उहाँ गइसक्नुभएछ। उहाँको बिदाइमा मेरो हृदय खिन्‍न भयो। मैले उहाँलाई खोजेँ, तर भेट्टाइनँ। मैले उहाँलाई बोलाएँ, तर उहाँले केही जवाफ दिनुभएन।
Nepali ERV (पवित्र बाइबल)
जब मैले मेरा प्रेमीको लागि ढोका उघारें, तर मेरो प्रेमी त्यहाँबाट गइसकेका थिए। म झण्डै मरें जब उहाँ आएर गए पछि। मैले उहाँलाई खोजी हिडें तर भेटिनँ, मैले उहाँलाई बोलाउँदै खोजे तर उहाँले मेरो बोलावटको उत्तर दिनु भएन।