Song of Solomon 5:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरमा गस्‍ती लाउने प्रहरीहरूले मलाई भेटे, तिनीहरूले मलाई कुटे र चोटै-चोट पारे, सहरका पर्खालहरूका पहरादारहरूले मेरो खास्‍टो लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहरमा घुम्‍दै गरेका पहरेदारहरूले मलाई भेटे, तिनीहरूले मलाई पिटे र चोटै-चोट पारे, पर्खालका ती पहरेदारहरूले मेरो खास्‍टो पनि खोसेर लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सहरमा गस्ती गरिरहेका पहरेदारहरूले मलाई भेट्टाए। अनि तिनीहरूले मलाई हिर्काए र घाइते पारिदिए; ती पर्खालहरूका पहरेदारहरूले मेरो खास्टो खोसेर लगे!
Nepali ERV (पवित्र बाइबल)
शहरका पहरेदारहरूले मलाई भेटे, र तिनीहरूले मलाई पिटे, अनि मलाई चोट पुर्याए। पर्खाल माथि बसेका पहरेदारहरूले मैले ओढेको घुम्टो खोसे।