Song of Solomon 5:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमसुन्‍दरी, के तिम्रा प्रियतम अरूभन्दा भिन्‍नै छन्? तिनमा यस्‍तो अचम्‍मको कुरा के छ र? त्‍यसको लागि हामीले तिमीसित वाचा बाँध्‍नुपर्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे स्‍त्रीहरूमध्‍ये अति सुन्‍दरी, अरूहरूभन्‍दा तिम्रा प्रेमी कसरी उत्तम छन्‌? अरूहरूभन्‍दा तिम्रा प्रेमी कसरी उत्तम छन्, ताकि तिमीले हामीलाई यस्‍तो आज्ञा गर्छ्यौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे नारीहरूमध्ये परमसुन्दरी, तिम्रा प्रिय कसरी अरूहरूभन्दा असल छन्? तिम्रा प्रियचाहिँ कसरी अरूहरूभन्दा असल छन्, र तिमी हामीलाई यसरी आग्रह गर्दछ्यौ?
Nepali ERV (पवित्र बाइबल)
स्त्रीहरूमा तिमी अति सुन्दरी छौ, तिम्रा प्रेमी र अन्य प्रेमीहरूमा के भिन्नता छ? के तिम्रा प्रेमी अरूका प्रेमीहरू भन्दा उत्तम छन्? के यसैकारण तिमी हामीबाट वचन लिन चाहान्छौ कि तिम्रा प्रेमी अरूका प्रेमीहरू भन्दा सुन्दर छन्?