Song of Solomon 6:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेसीमा नयाँ बोटहरू हेर्न, दाखका बोटमा नयाँ पात उम्रेका र अनारका बोटमा फूल फुलेका हेर्न म हाडे-बदामका रूख भएका बारीमा गएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बदामका रूख भएका बगैँचातिर म त्‍यहाँका उब्‍जनी हेर्न गएँ, बोटहरूमा कोपिला लागेछन्‌ कि, अथवा अनारमा फूल फुलेका छन्‌ भनी म हेर्न गएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बदामका बोटहरू भएका बेँसीतिर नयाँ पालुवा लागे कि, दाखको बोटमा कोपिला लागेको छ कि छैन, वा अनारको फूल फुलेको छ कि छैन भनेर म तल हेर्न गएँ।
Nepali ERV (पवित्र बाइबल)
म तल ओखरको बगैंचा तिर गएँ बेंसीहरूको फल हेर्न दाखहरू फूल्यो कि भनेर हेर्न दारिमले कोपीलाहरू लगायो कि भनेर हेर्न गएँ।