Song of Solomon 7:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो गला हस्ति-दाँतको धरहराजस्तै छ, तिम्रा आँखा हेश्बोनका पोखरीहरूजस्ता छन्, जुन त्यस महानगरमा मूल-ढोकानिर छन्। दमस्कसमा पहरा दिने लेबनानको धरहराजस्तो सुन्दर छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रो घाँटी हस्ती-हाड़को धरहराजस्तै छ, तिम्रा आँखा बाथ-रब्बीमका ढोकाको छेउमा रहेका हेश्बोनका पोखरीहरूजस्ता छन्। तिम्रो नाक दमस्कसतिर फर्केको लेबनानको धरहराजस्तै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रो गला हस्तीदन्तको धरहराजस्तै छ। तिम्रा आँखा बाथ-रब्बीमको छेउको हेश्बोनका पोखरीजस्तै छन्, तिम्रो नाक दमस्कसतिर हेरिराखेको लेबनानको धरहराजस्तै छ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो घाँटी यस्तो छ, मानौ हात्तीको दाँतले बनिएको किल्ला हो। तिम्रा आँखाहरू यस्ता छन् मानौ बाथ रब्बीमको फाटक नजिक हेस्बोनमा भएको कुणहरू हुन्। तिम्रो नाक यस्तो छ, मानौ त्यो लबनानको किल्ला हो जुन दमश्कश तिर फर्केकोछ।