Song of Solomon 7:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो शिर कर्मेल पर्वतजस्‍तै ठाडो छ। बाटेको तिम्रो केश असल रेशमी लुगाझैँ चम्‍केको छ, त्‍यसको सुन्‍दरताले राजालाई मुग्‍ध पार्न सक्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रो शिरले कर्मेल डाँड़ाजस्‍तै तिमीलाई मुकुट लगाइदिएको छ। तिम्रो शिरको केश राजकीय पर्दाझैँ छ। केश राशिले राजा मोहित छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रो शिर कर्मेल पर्वतजस्तै मुकुट पहिरिएको देखिन्छ। तिम्रो कपाल हातले बुनेका राजकीय वस्त्रसमान छ; त्यसका चुल्ठाले राजालाई मोहित पारेको छ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो टाउको कार्मेलको पर्वत जस्तो छ अनि टाउकोको केश रेशम जस्तो छ। तिम्रो तल झरेको लामो केशले राजाको पनि मन पग्लिन्छ।