Song of Solomon 8:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीलाई म मेरी आमाको घरमा लैजानेथिएँ र त्यहाँ तिमीले मलाई प्रेम गर्न सिकाउने थियौ। म तिमीलाई मसला हालेको दाखमद्य, अँ, दारिमबाट बनेको मद्य पिउन दिनेथिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तपाईंलाई लिएर मेरी आमाको घरमा लैजाने थिएँ— तिनले मलाई शिक्षा दिएकी हुन्। म तपाईंलाई मसलायुक्त दाखमद्य, र मेरा दारिमको ताजा रस पिउनलाई दिनेथिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंलाई डोर्याएर म मेरी आमाको घरमा ल्याउनेथिएँ— जुन आमाले मलाई शिक्षा दिएकी छन्। म तपाईंलाई मसाला मिसाएको दाखमद्य, मेरा अनारका रस पिउन दिनेथिएँ।
Nepali ERV (पवित्र बाइबल)
जुन जननीले मलाई त्यो कोठामा शिक्षा दिइन् म तिमीलाई ती जननीको घरको त्यो कोठामा लैजाने थिएँ। म तिमीलाई मेरो दारिमबाट निचोरेर निकालेको रसले बनिएको मसला युक्त मद्य दिने थिए।