Titus 1:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने धेरै मानिसहरू पाखण्डी, व्यर्थको कुरा गर्ने, ढाँट्नेहरू हुन्छन्। यस्ताहरूमध्ये त खास गरी खतना गर्नुपर्छ भन्नेहरू छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने धेरै जना मानिसहरू अरूका अधीनमा नबस्ने, बकवादी र छलीहरू हुन्छन्, झन् विशेष गरी खतनावालहरू त यस्तै हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि धेरै मानिसहरू विद्रोही, अर्थहीन कुरै मात्र गर्ने र छलीहरू हुन्छन्; खासगरी खतनाका समर्थकहरू नै यस्तै हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
आज्ञापालन नगर्ने धेरै छन्। तिनीहरू व्यर्थका कुराहरू गर्छन् अनि मानिसहरूलाई गलत तरिकाले अगुवाई गर्छन्। म विशेष गरी तिनीहरूका बारेमा कुरा गर्दैछु जो यहूदी मतबाट बाहिर भएका छन्। धर्मगुरूले मानिसहरू भूलमा छन् भनी देखाउनु पर्छ अनि तिनीहरूलाई त्यस्तो व्यर्थका कुराबाट रोक्नु पर्छ।
Nepali Tamang 2011
तिग्दा भिसम ल्हानान म्हिगदे स्य्हान्दोला ताम आङ्यान्बादेन आतोःबा ताम पाङ्बा ओच्छे लुसीला ताम पाङ्बा तमुला, झन खतना लबागदे थेह्रङ्बा तमुला।