Titus 1:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूको मुखमा बुजो नलगाई हुँदैन किनभने तिनीहरूले त सिकाउनै नहुने कुराहरू सिकाएर पूरै घर-परिवारमा भाँड-भैलो मच्‍चाएका छन्। खालि पैसा कमाउनलाई नै तिनीहरूले यसो गरेका हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनीहरूको मुख बन्‍द गर्नुपर्छ, किनकि तिनीहरूले नीच लाभको लागि सारा परिवारलाई खलबल्‍याइराखेका छन्‌। यस्‍तो शिक्षा तिनीहरूले दिनुहुँदैनथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले बेइमानीसाथ लाभ उठाउनको लागि गर्न नहुने कुराहरू सिकाइकन सारा परिवारहरूलाई नष्‍ट पारिरहेका हुनाले तिनीहरूलाई चुप गराउनैपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले नसिकाउनु पर्ने कुराहरू सिकाएर त्यस्ता मानिसहरूले ठग्नु अनि पैसा कमाउनु मात्र तिनीहरू त्यस्तो शिक्षा दिन्छन्।
Nepali Tamang 2011
थेतबासेलमा थेनीगदेला सुङ बन्‍द तना लतोःला। तिग्‍दा भिसम थेनीगदेसे ह्राङला फाइदाला लागिरी आतोःबा ताम लोप्‍सी जम्‍मान म्‍हेमेगदेला विश्‍वास न्‍होङ्ना लबा मुला। चुह्रङ्बा ताम चा थेनीगदेसे लोप्‍बारी आतमुबा।