Titus 1:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शुद्ध मानिसहरूका लागि सबै थोक शुद्धै छन्। तर अशुद्ध र विश्‍वास नगर्नेका लागि भने केही कुरा पनि शुद्ध छैनन् किनभने तिनीहरूका मन र चित्त नै अशुद्ध छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शुद्धहरूलाई सबै थोक शुद्धै हुन्‍छन्, तर अशुद्ध र अविश्‍वासीहरूलाई चाहिँ केही कुरा पनि शुद्ध हुँदैन, तर तिनीहरूका मन र विवेकसमेत भ्रष्‍ट भएका हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शुद्ध हृदय भएकाहरूका लागि सबै थोकहरू शुद्ध हुन्छन्; तर जो भ्रष्‍ट छन् र विश्‍वास गर्दैनन्, तिनीहरूका लागि केही पनि शुद्ध हुँदैन। वास्तवमा तिनीहरूका मन र विवेक दुवै भ्रष्‍ट भएका हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
शुद्ध हृदय हुनेहरूलाई सबै कुरा शुद्धै हुन्छ। तर तिनीहरूका निम्ति केही पनि सुद्ध हुँदैन। साँच्चै, तिनीहरूको विचारै खराब भइसकेको छ अनि उचित के हो त्यो चिन्ने तिनीहरूको शक्ति नष्ट भइसकेको छ।
Nepali Tamang 2011
चोखो सेम मुबा म्‍हिगदेला लागिरी जम्‍मान स्‍हे चोखो तला। तर चोखो सेम आरेबादेन ख्रीष्‍टदा विश्‍वास आलबा म्‍हिगदेला लागिरी चा तिगै स्‍हेनोन चोखो आत। तिग्‍दा भिसम थेनीगदेला सेमदेन थेनीगदेसे म्‍हन्‍बा तामनोन चोखो आरे।