Titus 1:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले परमेश्वरलाई चिनेको छु भनेर दाबी गर्छन्, तर तिनीहरूका कामले चाहिँ परमेश्वरलाई इन्कार गर्छ भनी देखाउँछ। तिनीहरू त घिनलाग्दा, अट्टेरीहरू छन् र कुनै पनि असल काम गर्न लायकका छैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू परमेश्वरलाई चिनेका छौं भनी भान त पार्छन्, तर तिनीहरूले आफ्ना कामद्वारा उहाँलाई इन्कार गर्दछन्। तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन्, र कुनै पनि असल कामको निम्ति योग्यका हुँदैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले परमेश्वरलाई जान्दछौँ भनी दाबी त गर्छन्, तर आफ्ना कामले भने उहाँलाई इन्कार गर्छन्। तिनीहरू घृणित, अटेरी र कुनै असल काम गर्ने योग्यका छैनन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू परमेश्वरलाई जान्दछौं भनेर दावी गर्छन्, तर तिनीहरूको कर्मद्वारा यो स्पष्ट हुन्छ कि तिनीहरू उहाँलाई मान्दैनन्। तिनीहरू भयंकर मानिसहरू हुन्, तिनीहरू अनाज्ञाकारी छन् अनि तिनीहरू कुनै किसिमको राम्रो कामको निम्ति लायकका छैनन्।
Nepali Tamang 2011
थेनीगदेसे परमेश्वरदा ङोसेबा मुला भिसी मी पाङ्मुला, तर थेनीगदेला गेग्याम चा आउन्मुला। ओच्छे थेनीगदे परमेश्वरला ङाच्छा नइबादेन कुल्बा ताम आङ्यान्बा म्हिगदे तमुला। थेतबासेलमा थेनीगदे खजिबै ज्यबा गे लबाधोनाला आरे।