Titus 1:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ बाँकी रहेका काम पूरा गर्न तिमीलाई क्रेटमा छोडेको हुँ। हरेक सहरमा धर्म-गुरुहरू नियुक्त गर्न मैले तिमीलाई त्यहाँ छोडें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण मैले तिमीलाई क्रेटमा छोडें, कि मैले तिमीलाई अह्राएबमोजिम तिमीले त्यहाँ अपूरा कुराहरू पूरा गर्नू, र हरेक सहरमा एल्डरहरू नियुक्त गर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिमीलाई क्रेटमा छोडेको कारणचाहिँ अधुरो कामहरू पूरा गर्न, र मैले तिमीलाई अह्राएबमोजिम प्रत्येक सहरमा मण्डली प्रधानहरू नियुक्त गर्नलाई हो।
Nepali ERV (पवित्र बाइबल)
मैले तिमीलाई क्रेटमा यसकारणले छाडें कि त्यहाँ बाँकी रहेको काम पूर्ण होस्। अनि हरेक शहरमा धर्म-गुरूहरूलाई पनि नियुक्त गर्नु भनी मैले छाडे
Nepali Tamang 2011
ङाइ कुल्बा अन्छार थेरी बाँकी मुबा गेगदे जिन्ना लबारीदेन जम्मान ग्लारी मण्डलीदा च्याबा म्हिगदे धम्बाला लागिरी ङाइ एदा क्रेट भिबा ग्लारी थान्बा हिन्ना।