Titus 1:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मण्डलीको अगुवाले परमेश्‍वरको कामको जिम्मा लिएका हुन्छन्। यसकारण तिनी कुनै दोष नभएका मानिस हुनुपर्दछ। तिनी आफूखुसी गर्ने, छिट्टै रिसाउने, मात्तिने, मारपिट गर्ने र माग्‍ने लोभी हुनुहुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने परमेश्‍वरको कारिन्‍दा हुनुपर्ने हुनाले बिशपचाहिँ दोषरहित हुनुपर्छ। तिनी हठी वा झट्टै रीस गर्ने, वा मतवाला, वा झगड़ालु वा धनको लोभी हुनुहुँदैन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मण्डली अध्यक्षमाथि परमेश्‍वरको कामको अभिभारा सुम्पिएको हुनाले तिनी निर्दोष, अहङ्कार नगर्ने, चाँडै नरिसाउने, मद्यपान नगर्ने, झगडा नगर्ने, नीच कमाइको लोभ नगर्ने हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
धर्मगुरूको कार्य परमेश्वर प्रति कामको ख्याल राख्नु हो। यसर्थ कुनै गलत कर्मको निम्ति उनी अभियुक्त हुनु हुँदैन। उनी घमण्डी अनि स्वार्थी हुनु हुँदैन वा झङ्गे हुनु हुँदैन। ऊ पियक्कड हुनु हुँदैन। ऊ झगडालु अनि ठगेर धनी हुने आकांक्ष भएको हुनु हुँदैन।
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वरला गे लबारी जिम्‍मा पिन्‍बा म्‍हि तबासे लमा मण्‍डलीदा च्‍याबा म्‍हि चा तिगै दोष आरेबा ततोःला। थे ह्राङला सुरसे भ्रबा, योनान बोमो खबा, झि आइरक थुङ्सी ङ्‌य्‍होइसी भ्रबा, छेबा बङ्बा लबा, धन सम्‍पत्तिरी लोभ लबा म्‍हि आहिन,