Titus 1:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूले पाएको साँचो शिक्षामा लागिरहने र अरूलाई पनि यो शिक्षा दिएर साहस दिन सक्ने हुनुपर्दछ। यो शिक्षा हामीले सिकाएबमोजिम हुनुपर्छ अनि यसको विरोध गर्नेहरूको गल्तीलाई पनि देखाइदिन सक्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनलाई सिकाइएको विश्वासयोग्य वचनमा तिनी दह्रिलो बस्नुपर्छ, ताकि तिनले पक्का सिद्धान्तअनुसार शिक्षा दिन सकून्, र ती कुराहरूको खण्डन गर्नेहरूलाई झूटा साबित गर्न सकून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनलाई सिकाइएका विश्वासयोग्य शिक्षामा तिनी दृढ रहून्; ताकि यस शिक्षाले अरूलाई उत्साहित पार्न सकोस् र यसको विरोध गर्नेहरूलाई खण्डन गर्न सकोस्।
Nepali ERV (पवित्र बाइबल)
धर्मगुरूले हामीले सिकाएको सत्य विश्वासपूर्वक मान्नु पर्छ। ऊ, सही अनि सत्य शिक्षाको उपयोगद्वारा मानिसहरूलाई सहायता गर्न समर्थ हुनुपर्छ अनि मानिसहरू जो सत्य शिक्षाको विरूद्ध छन् तिनीहरू गलत छन् भनी प्रमाणित गर्न समर्थ हुनु पर्छ।
Nepali Tamang 2011
थेदा लोप्बा विश्वास लखम्बा बचनरी थे कोङ्सी चितोःला। तिग्दा भिसम थेसे घोबा सत्य ताम अन्छार थेसे स्य्हान्दोदा लोप्बारी खम्गै। थेसे लोप्बा तामगदेदा बिरोध लबा म्हिगदेला गल्ती उन्खम्तोःला।