Titus 2:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू ख्रीष्‍टले हामीलाई सबै किसिमका पापबाट छुटकारा दिनलाई नै आफ्‍नो प्राण दिनुभयो। उहाँले हामीलाई पवित्र पार्न आफ्‍नो बनाउनुभयो र असल काम गर्ने जोशिला तुल्‍याउन यसो गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ख्रीष्‍टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो, सुकर्ममा जोशिलो भएको आफ्‍नै निम्‍ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले हामीलाई हरेक दुष्‍टताबाट मोल तिरेर उद्धार गर्नलाई र सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जातिलाई शुद्ध पार्न आफ्नो प्राण दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।
Nepali Tamang 2011
ख्रीष्‍टसे य्‍हाङला जम्‍मान पापला छे फासी थार्ना लबा मुला। ओच्‍छे ह्राङलान लागिरी ज्‍यबा गे लबारी झन्‍बा य्‍हुल गिकदा चोखो तना लबारी ह्राङलान ज्‍यान पिन्‍जी।