Titus 2:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसरी नै बुढी भएका स्‍वास्‍नी-मान्‍छेहरूले भक्तिको जीवन चुनून्। तिनीहरूले अर्कालाई बिनासित्तीको दोष नलगाऊन्। तिनीहरू रक्‍सीको वशमा नपरून् र राम्रा कुराहरूको शिक्षा देऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी नै वृद्ध स्‍त्रीहरू आचार-व्‍यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्‍वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्‍ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्‍यही सिकाऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसरी नै वृद्ध स्त्रीहरूलाई जीवनका चालहरूमा आदरणीय, निन्दा नगर्ने, मद्यपान नगर्ने, बरु तिनीहरूले अरूहरूलाई असल कुराहरू सिकाउने होऊन्।
Nepali ERV (पवित्र बाइबल)
वृद्ध स्त्रीहरूलाई पनि आफ्ना जीवन मार्गमा पवित्र रहन सिकाऊ। तिनीहरूले अर्काको विरूद्ध कुरा गर्नु हुँदैन अनि ज्यादा दाखरस पिउने बानी गर्नु हुँदैन। ती स्त्रीहरूको लागि के राम्रो हुन्छ त्यो सिकाऊ।
Nepali Tamang 2011
चुह्रङ् लसीन खुइ दोबा म्रिङम्‍हेमेगदेसे परमेश्‍वरदा तेन्‍बा बानीबेहोर थोतोःला, स्‍य्‍हान्‍दोदा आतोःबा तामरी दोष थालउ, ओच्‍छे झि आइरक थुङ्सी ङ्‌य्‍होइबारी आत भिसी लोप्‍गो। थेनीगदेसे जुन ताम ज्‍यबा मुला थे ताम लोप्‍तोःला।